२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सम्पर्कविहीन २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन



काठमाडौं ।

नेपाल प्रहरीले सम्पर्कमा नरहेका २४ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

बिहीबार सूचना निकालेर कार्यालयले उनीहरूलाई गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउन भनेको छ।

स्पष्टीकरण चित्तबुझ्दो नआए प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाउने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १० आश्विन २०८१ बिहिबार ००:००  १० : ५३ बजे