७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान



काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ।

निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।

निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ। स्थानीय तहमा ४३ पद रिक्त छ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८१ बुधबार ००:००  ९ : १६ बजे