एजेन्सी ।च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपनहेगनमाथि ३–१ को सहज जीत हासिल गरेको छ । खेलको १० औँ मिनेटमा नै पेप ग्वार्डिओलाको टोलीलाई केभिन डी ब्रुयनलाई अग्रता दिलाएका थिए । तर ३४ औँ मिनेटमा म्यागनस म्याटसनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा बर्नार्डो सिल्भाले…