बुटवल ।अल्पमतमा रहेको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको आन्तरिक तयारी थालेको छ । माओवादी संसदीय दलका नेता जोखबहादुर महराले राजीनामा दिएपछि अर्थ मन्त्रालय आफैले राखेका मुख्यमन्त्री लीला गिरीले बजेट बनाउन निर्देशन दिएपछि अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको हो । मन्त्रालयले राजस्व परामर्श समिति, स्रोत अनुमान समिति, मध्यकालिक खर्च समितिलगायतका समितिको बैठक बसाएर…