अर्घाखाँची ।अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध भएको छ। सन्धिखर्क नगरपालिका वडा नं ६ बहखोरमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क ६ कै दहखोला र शितगंगा १३ कोन्द्रेखोला…