काठमाण्डौ । नेपाली कांग्रेसले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयबारे सरकारसँग प्रत्यक्ष छलफल गरेर मात्रै पार्टीको औपचारिक धारणा बनाउने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो निष्कर्ष निकालेको हो । सहमहामन्त्री जीवन परियारका अनुसार पार्टी सरकारमै रहेकाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय किन र के आधारमा गरिएको हो भन्नेबारेमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर…