२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

हुलाकी राजमार्ग सडकको काम समयमै सक्न मन्त्री घिसिङको निर्देशन

पश्चिम नवलपरासी । ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिसिङले यस क्षेत्रको विकासको मेरुदण्ड मानिने हुलाकी राजमार्ग सडक खण्डको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो। अवलोकनका क्रममा उहाँले सरोकारवाला निकाय र निर्माण व्यवसायीहरूलाई निर्देशन दिँदै विकासका कामहरूमा ढिलासुस्ती नगर्न र तोकिएको समयमै…