८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

नमुना सामुदायिक वनको छैटौँ अधिवेशनबाट पुनः पौडेल  अध्यक्षमा निर्वाचित

बाबुराम रायमाझी, जितपुर । “रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ। साधारणसभामा समूहकी सचिव दुर्गा न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने उपाध्यक्ष खेलराज पौडेलले आर्थिक वर्ष २०८१/०८२ को करिब ७६ लाख रुपैयाँ बराबरको आय–व्यय…