काठमाडौं ।नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन्। जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अब सडकबाट खुला रूपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्ने बताएका हुन्। नयाँ प्रकारको जनयुद्धबाटै नयाँ समाज स्थापित गर्ने उनले बताए। उनले मुलुकलाई परिवर्तन गर्न क्रान्तिकारीबीच एकताको अभियान…