१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

न्यूनतम सेवा मापदण्डमा ९६ प्रतिशत अंकका साथ ‘कपिलवस्तु अस्पताल’ नेपालमै प्रथम

कपिलवस्तु । स्वास्थ्यका न्यूनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ । आर्थिक वर्ष २०७९/०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा नेपाल भरिका अस्पताललाई पछाडी पारेर सबैभन्दा धेरै ९६ प्रतिशत अंक ल्याई अस्पतालले प्रथम स्थान हासिल गरेको हो । स्वास्थ्य निर्देशनालयबाट आएका स्रोत व्यक्ति, गुल्मी अस्पतालका वरिष्ठ…