काठमाडौं । नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको हो । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको थियो…