काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने विषयमा कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन्। नेकपा एमालेसँग पार्टी एकताको चर्चा चुलिएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्। ‘बजार हल्लाको भ्रममा नपरौँ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टीसङ्ग एकीकरण गर्ने गरी अगाडि बढेको छैन। यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै…