काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् जाडो बढेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले जाडो अझै बढ्ने अनुमान मौसमविदको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज बिहान ५ः४५ बजेको रेकर्ड अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो हिजोको तुलनामा १ डिग्री कम हो…