काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ट्वीट गर्दै दुर्घटनामा ज्यान गुमाउने यात्रु एवम् चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । ‘यती एअरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने…