बुटवल । मुख्य न्याधिवक्ताको कार्यालय, लुम्बिनी प्रदेशले प्रदेश प्रमुख अमिक शेरचनलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । बिहीबार प्रदेश प्रमुख शेरचनको कार्यालयमा पुगेर मुख्य न्याधिवक्ता श्रीकृष्ण सुवेदीले आर्थिक वर्ष २०७८/७९ को न्यायिक क्षेत्रमा भएका प्रगति विवरण तथा गतिविधिसहितको प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन बुझाउनु अगाडि मुख्यन्याधिवक्ता सुवेदीले लुम्बिनी प्रदेश सरकारविरुद्ध १२८ वटा मुद्धा दर्ता भएको र…