२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बने एम्बाप्पे



काठमाडौं ।
लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै किलियान एम्बाप्पे फुटबल खेलाडीमध्ये धेरै आम्दानी गर्ने सूचीको शीर्ष स्थानमा पर्न सफल भएका छन्।

पछिल्लो ९ वर्षको अविधमा मेसी र रोनाल्डोलाई पछि पार्दै शीर्ष स्थानमा पुग्ने एम्बाप्पे पहिलो फुटबल खेलाडी हुन्। यस्तै पछिल्लोपटक शीर्श स्थानमा इंल्याण्डका कप्तान डेभिट बेकह्याम पनि परेका थिए।

फोर्ब्सले हालै सार्वजनिक गरेको सूची अनुसार पेरिस सेन्ट जर्मेनका २३ वर्षीय फरवार्डले यो सिजन १२.८ करोड डलर आम्दानी गर्ने अपेक्षा गरिएको छ।

गत मे महिनामा एम्बाप्पेले पीएसजीसँग ३ वर्षको आकर्षक करार गरेका थिए। विश्वकप विजेता खेलाडीले क्लबसँग ११ वटा उपाधि जितेका छन्। जसमा चारवटा लिग उपाधि रहेका छन्।

दोस्रो स्थानमा पीएसजीकै मेस्सी रहेका छन्। उनले १२ करोड डलर तथा तेस्रो स्थानमा रहेका रोनाल्डोले १० करोड डलर आम्दानी गर्ने बताइएको छ।

शीर्ष पाँचमा नेयमार र मोहमद शालाह रहेका छन्। शीर्ष १० मा ३० वर्षभन्दा कम उमेरका खेलाडीमा एम्बाप्पे र आर्लिङ हालान्डमात्र रहेका छन्।

प्रकाशित मिति : २२ आश्विन २०७९ शनिबार ००:००  १० : ५८ बजे