काठमाण्डौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको हो । आजको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति…