रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्णय सार्वजनिक गर्दै सवारी चलाउनै परे अनिवार्य पास लिन अनुरोध गरेको हो । त्यस्तै, नागरिकता प्रमाणपत्र, प्रतिलिपि नागरिकता प्रमाणपत्र, नाबालक परिचयपत्र तथा व्यक्ति प्रमाणित लगायतका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाका लागि गरिने सिफारिसमा एकरुपता ल्याउने…