१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

बुड्डी ताल विकासमा पाँच वर्ष ढिलाइः बुद्धभूमि नगरको ठेकेदारलाई अन्तिम चेतावनी

मायादेवी अनलाइन, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–४ स्थित महत्वपूर्ण पर्यटकीय स्थल बुड्डी तालको विकास निर्माणमा निरन्तर ढिलाइ भएपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई कडा चेतावनी दिएको छ। आर्थिक वर्ष २०७७/७८ मा डिपिआर तयार भई २ करोड ८० लाख रुपैयाँमा प्रतिष्ठा रमिता जय अम्बे जेभीसँग सम्झौता भएको ताल विकासको काम पाँच पटक म्याद थपिँदासमेत पूरा हुन सकेको छैन।…