मायादेवी अनलाइन, कृष्णनगर ।गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले कार्यकर्ताको कुटाईबाट गम्भीर घाइते भएका मोहम्मद अरमान खाँको निधन भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १० खैरा गाउँका मोहम्मद अरमान खाँको सोमबार निधन भएको नेकपा (एकीकृत समाजवादी) कृष्णनगर नगर कमिटीका अध्यक्ष इन्तेखाव अहमद खाँले जानकारी दिए । बैशाख ३० गतेको स्थानीय…