सल्यान । विषालु जङ्गली च्याउ खाँदा सल्यानमा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका ४ साईलाकम्द निवासी दीर्घ बस्नेतको चार वर्षीया छोरी जोशना बस्नेतको ज्यान गएको हो । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा दीर्घ बस्नेतको घरका…