४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको मूल्य



काठमाडौं ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ । पेट्रोलियम पदार्थसम्बन्धी जानकारी दिने वेभसाइट आयल प्राइस डटकमले मूल्य घट्न थालेको जानकारी दिएको छ । केही महिनाअघि प्रति ब्यारेल १२० अमेरिकी डलरभन्दा माथि पुगेको कच्चा तेलको मूल्य यतिबेला १०० डलरभन्दा तल आइपुगेको छ । आज ‘ब्रेन्ट क्र्यूड’को मूल्य प्रति ब्यारेल ९४ अमेरिकी डलरसम्म आइपुगेको छ ।

यस्तै, डब्लूटीआई क्र्यूड तेलको मूल्य प्रति ब्यारेल ८९ अमेरिकी डलरमा आइपुगेको छ । रुस–युक्रेन युद्धका कारण दुई महिनाअघि कच्चा तेलको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको थियो । जुन, विस्तारै घट्न थालेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७९ शनिबार ००:००  १२ : ५४ बजे