रुपन्देही ।लुम्बिनी प्रदेशसभामा नवनिर्वाचित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । शुक्रवार प्रदेशसभा सचिवालयमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले शुक्रवार नै पदभार ग्रहण गरेका छन् । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समितिका बुधवार सबै पदमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए ।…