१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

प्रचण्ड भन्छन्ः तत्काल समाजवादी केन्द्र बन्दैन



काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् ।

शुक्रबार पार्टीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । समाजवादी केन्द्र बनाइहालौं भनेर छलफल पनि गरेका छैनौँ ।’

केही नेताहरूले समाजवादी केन्द्र बनाउने विषयमा कुरा उठाएको भए पनि बैठकमा भने त्यो विषयमा छलफल नभएको प्रचण्डको भनाइ थियो । चल गठबन्धनमा रहेका विचार मिल्ने दलहरूसँग चुनावी मोर्चा बनाउने विषयमा भने आफूहरू छलफलमा रहेको उनको भनाइ थियो ।

उनले अहिलेको सत्ता गठबन्धन कायमै रहने पनि बताए । गठबन्धन टुट्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै उनले यही गठबन्धनले शान्ति प्रक्रिया टुंग्याउने दाबी गरे ।

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  ७ : २७ बजे