एजेन्सी ।श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधि अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।श्रीलङ्काका स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ । छिमेकी तथा सहयोगी देशसँग सहयोग माग गर्न पनि उनीहरुको सुझाव छ ।…