२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

मायादेवी रंगशाला र मधुवन धामलाई नमुना बनाउन्छौं : मेयरका प्रत्यासी अर्याल



मायादेवी अनलाइन, वाणगंगा ।

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगा को वोडगाउँ र मधुवनमा रहेका शान्ति कुञ्ज मधुवनधाम र मायादेवी रंगशालालाई गुरु योजना अनुरुप विकास गर्ने बताउनु भएको छ । मेयरका प्रत्यासी अर्यालले वडामा बसोबास गर्दै आएका सुकुम्बासीहरुका समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. ८ का मधुवन, मोर्मी लगायतका बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

अर्यालले बाणगंगाको तटिय क्षेत्रमा दुवै तर्फ डयाम निर्माण गरी बाणगंगा करीडोरको विकास गर्ने, जमिन मुनिको पानि संरक्षणका लागि विशेष कार्यक्रम लागु गर्ने, रोजगारी वृद्धिका लागि जल, जंगल र जमिनमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, वार्डका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले महिला स्वस्थ्य स्वयमसेविकालाई कामको मूल्यांकन गर्दै प्रोत्साहन गर्ने, र महिला तथा बालबालिकालाई निशुल्क ओपिडी ब्यवस्था गर्ने बताउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. ८ का अध्यक्षका प्रत्यासी बाबुराम अर्यालले वोडगाउँलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न आफुले प्रयत्न गर्ने बताउनु भयो ।

संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले पोलिटब्यूरो सदस्य बिमला घिमिरे, केन्द्रिय सदस्य तथा कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, लुम्बिनी प्रदेश कमिटी सदस्य गुणानिधी भुसाल , चेतनारायण भण्डारी वडा नं. ८ का वडा सदस्यका उम्मेद्वार विश्वास जिसी, शैलेन्द्र बेल्बासे, दिना थारु, शारदा परियार लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. ८ को निर्वाचन परिचान कमिटीका संयोजक टुकलाल गैरेले बताउनु भयो ।

प्रकाशित मिति : २० बैशाख २०७९ मंगलबार ००:००  २ : १३ बजे