३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

पौडी खेल्न गएका ३ बालिकाको मृत्यु

धनगढी । कैलाली जिल्लाको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा तीन बालिका डुबेका थिए। डुबेका बालिकामध्ये जानकी गाउँपालिका–१ गुजुरुवाकी १२ वर्षीया डम्मरा उपाध्याय, लम्कीचुहा नगरपालिका–३ व्यवस्थितपुरका १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी टीकापुर अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा दिउँसो…