१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

भारतको हैदराबादमा बसमा आगो लाग्दा १० जनाको ज्यान गयो



एजेन्सी ।

भारतको हैदराबादमा बसमा आगो लाग्दा १० जनाको ज्यान गएको छ । हैदराबादबाट बेंगलुरुका लागि छुटेको बसमा टेकरू गाउँ नजिकै बिहान आगो लागेको थियो ।

घटनामा कम्तिमा १० जनाको ज्यान गएको र केही यात्रु गम्भीर घाइते भएका उद्दारकर्तालाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । बसमा ४२ जना थिए ।

आगोले बस जलेर क्षतिग्रस्त भएको छ । एउटा मोटरसाइकल बससँग ठोक्किएपछि आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८२ शुक्रबार ००:००  १ : ०८ बजे