१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

सोलुखुम्बुमा जिप दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते



सोलुखुम्बु ।

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो।

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेकोमाप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष सगुजित राइले बताए।

दुर्घटनामा ६ जना घाइते भएको वडा अध्यक्ष राईको भनाइ छ। खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको उनले जानकारी दिए। चालकसहित ६ जना घाइते भएका छन्। 

रातिको घटना भएकाले पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : ७ कार्तिक २०८२ शुक्रबार ००:००  ७ : ४८ बजे