३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पौडी खेल्न गएका ३ बालिकाको मृत्यु



धनगढी 

कैलाली जिल्लाको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा तीन बालिका डुबेका थिए। डुबेका बालिकामध्ये जानकी गाउँपालिका–१ गुजुरुवाकी १२ वर्षीया डम्मरा उपाध्याय, लम्कीचुहा नगरपालिका–३ व्यवस्थितपुरका १० वर्षीया मानसी बजगाईं र निशा बजगाईंलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी टीकापुर अस्पताल पुर्‍याएका थिए।

उपचारका क्रममा दिउँसो करिब १:३५ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

मृतक बालिकाहरूको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२ शुक्रबार ००:००  ६ : १८ बजे