काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १ सय ५९…