काठमाण्डौ । सरकारले विदेश जानेहरुलाई प्राथमिकता दिएर काठमाण्डौका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप दिन सुरु गरेको छ । सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने खोप शाखा प्रमुख सागर दाहालले उज्यालोलाई जानकारी दिनुभयो…