२७ बैशाख २०८३, आइतबार | Mon May 11 2026

सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्चीमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो । आज बिहान मेलम्ची नगरपालिका–१० शिखरपुरमा बा २ ख ३६८९ नम्बरको ट्रक दुर्घटना भएको हो ।