काठमाण्डौ । सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार तीन सय ३२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् पोहोर अक्टोबरमा जम्मा दुई हजार २५ जना पर्यटक आएकोमा यो वर्षको अक्टोबर महिनामा २३ हजार दुई सय ८४ विदेशी पर्यटक भित्रिएका छन्…