८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

रेडियो नेपालमा जागिर खुल्यो



काठमाडौं ।
रेडियो नेपालले इन्जिनियरदेखि संवाददातासम्मका पदहरुमा स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि खुला प्रतियोगितामार्फत् पदपूर्ति गर्न विज्ञापन खुलाएको हो ।

विज्ञापन प्रकाशित भएको मिति कात्तिक २६ गतेदेखि २१ दिनभित्र दरखास्त बुझाउन सकिन्छ । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि दरखास्त बुझाउन सकिने रेडियो नेपालले जनाएको छ ।

रेडियो नेपालले आजै आन्तरिक प्रतियोगिताको परीक्षा र कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाको सूचना पनि प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८ शुक्रबार ००:००  ७ : ४७ बजे