काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार, राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार र बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन उनले माग गरेका हुन् । बुधबार एक विज्ञप्ति जारी गर्दै…