१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

सुतिरहेकी श्रीमतीको टाउकोमा श्रीमानले बसुलाले हिर्काए, घटनास्थलमै मरिन्

सल्यान ।

सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।कुमाख ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ।

कविराजले मादक पदार्थ सेवन गरेका थिए। छोराछोरीसँगै सुतेकी श्रीमतीलाई बसुलाले प्रहार गरेर कविराजले हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बसुलाले टाउकोमा प्रहार गर्दा कलीको घटनास्थलमै मृत्यु भएको बताए।

१४ बर्षीय छोरा र ६ वर्षीय छोरीसँगै सुतिरहेकी र निदाएकी श्रीमतीलाई मदिरा सेवनपछि श्रीमानले बसुला प्रहार गरेर हत्या गरेको देखिएको छ,’ थापाले भने, ‘छोराले राति खबर गरेपछि प्रहरी गएर कविराजलाई पक्राउ गरेका छौं।’

केही दिनअघि श्रीमान् र श्रीमतीबीच घरायसी कुरामा सामान्य विवादसमेत भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सल्यान । सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।कुमाख ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ।

कविराजले मादक पदार्थ सेवन गरेका थिए। छोराछोरीसँगै सुतेकी श्रीमतीलाई बसुलाले प्रहार गरेर कविराजले हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बसुलाले टाउकोमा प्रहार गर्दा कलीको घटनास्थलमै मृत्यु भएको बताए।

१४ बर्षीय छोरा र ६ वर्षीय छोरीसँगै सुतिरहेकी र निदाएकी श्रीमतीलाई मदिरा सेवनपछि श्रीमानले बसुला प्रहार गरेर हत्या गरेको देखिएको छ,’ थापाले भने, ‘छोराले राति खबर गरेपछि प्रहरी गएर कविराजलाई पक्राउ गरेका छौं।’

केही दिनअघि श्रीमान् र श्रीमतीबीच घरायसी कुरामा सामान्य विवादसमेत भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७८ बुधबार ००:००  ८ : ५१ बजे