एजेन्सी ।तालिबानले अफगानिस्तानको महिला मन्त्रालय खारेज गरेर त्यसको ठाउँमा आफ्नो पूर्वकार्यकालको नैतिकतासम्बन्धी मन्त्रालय ब्युँत्याएको छ। केही दिनअघि बनाएको सरकारमा महिला मन्त्रालय राखिएकोमा त्यो बन्द गरिएको हो। तालिबानले सन् १९९६ देखि २००१ सम्मको शासनकालमा नैतिकतासम्बन्धी मन्त्रालयका माध्यमबाट कडा इस्लामिक शासन लागू गरेको थियो। यही मन्त्रालयले महिलामाथि कडा प्रतिबन्ध लागू गरेको थियो। शुक्रबार तालिबानले महिला मन्त्रालय खारेज…