३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

चेक बाउन्स मुद्दामा २५ लाख जरिवाना पाएका फरार व्यक्ति पक्राउ




काठमाडौं ।

बैंकिङ कसुर मुद्दामा २५ लाख रूपैयाँ जरिवाना पाएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० घर भई भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नम्बर ९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार ललितपुरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए।

उनले आफ्नो खातामा रकम नभए पनि जानी जानी झुक्याएर चेक काटेर दिएका थिए। त्यसरी चेक बाउन्स भएपछि पीडितले उनीविरूद्ध जाहेरी दिएका थिए। गत असार २९ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र २५ लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयन गराउन प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेस गरेको हो।

प्रकाशित मिति : १ आश्विन २०७८ शुक्रबार ००:००  ३ : ३९ बजे