सप्तरी ।लगातारको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहर भत्किँदा झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । अमहा, टेङ्ग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार दुई ठाउँमा गरी झण्डै ५० मिटर नहर भत्किएको छ । बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका १, २, ४…