एजेन्सी ।
अमेरिकाको फ्लोरिडामा आफ्नै सानो सन्तानले चलाएको गोली लागेर ज्यान गएको छ । कार्यालय प्रयोजनमा भइरहेको जुम कलमा रहेका बेला २१ वर्षकी शमाया लिनलाई उनकै सानो सन्तानले चलाएको गोली लागेको हो ।
अल्टामोन्ट स्प्रीङ्गमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना बुधबार भएको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चार संस्थाले उल्लेख गरेको छ ।
जुम कलमा रहेका एक व्यक्तिले ९११ मा फोन गरेर घटनाबारे जानकारी गराएको उल्लेख छ। गोली चलेको आवाज सुनिएको र आफूहरुले बोलाउँदा शमाया नबोलेको तथा बच्चा रोएको सुनेपछि ९११ मा फोन गरेको घटनाबारे जानकारी जानकारी गराउने महिलाले उल्लेख गरेकी छन् ।
टाउकोमा गोली लागेका कारण शमायालाई बचाउन नसकिएको प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ। लोड गरिएको बन्दुक बच्चाका बुवाले अपार्टमेन्टमा बच्चाले देख्ने ठाउँमा राखेको र बच्चाले खेलाउने क्रममा गोली चलेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र बन्दुकको मालिकमाथि कुनै आरोप दर्ता गर्न सकिन्छ कि भन्नेबारे अध्ययन भइरहेको उल्लेख छ।







प्रतिक्रिया