डोटी ।
पहिरोका कारण बन्द भएको अत्तरिया-स्याउले जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। यो राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो खस्दा हिजो बेलुकादेखि बन्द भएको थियो । डोजर, प्रहरी र स्थानीय नागरिकको सहयोगमा राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
राजमार्ग खुलेसँगै जाममा परेका यातायात गन्तव्यतिर लागेका जिल्ला प्रहरी कार्यालय डोटीको सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । राजमार्गको विभिन्न ठाउँमा रहेका सडकका मोडहरु विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक(पटक अवरुद्ध हुँदै आएको छ ।







प्रतिक्रिया