काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यादव विरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो । यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम…