काठमाडौं । देशभरका ४६० गाउँपालिकामध्ये आज अर्थात १० असारमा ४१६ वटा गाउँपालिकाले मात्र आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ४१ वटा गाउँपालिकाले कोरोनादेखि आन्तरिक कलहसम्मका कारण बजेट ल्याउन नसकेका हुन् ।महासंघका अनुसार ३ वटा गाउँपालिकासँग सम्पर्क हुन नसकेका कारण उनीहरुले बजेट ल्याए नल्याएको विवरण प्राप्त हुन सकेको छैन…