सर्वोच्च अदालतले रूपन्देहीको डण्डा खोला क्षेत्रमा रहेको डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गरेको हो। सिद्धार्थनगर नगरपालिकाअन्तर्गत डन्डा खोला क्षेत्रमा अनियन्त्रित डम्पिङ साइटका कारण दुर्गन्ध र प्रदूषण फैलिएकाले उक्त साइट हटाउन र संचालन रोक्न माग गर्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी…