काठमाडौँ । हिजोआज बालबालिकाको अधिकांश समय स्क्रिनकै आसपास बित्छ, स्कुलको होमवर्क हेर्न होस् वा अनलाइन क्लास वा मोबाइलमा आफूलाई मन परेको कार्टुन हेर्न नै किन नहोस् । बच्चा लामो समय फोन वा टिभीको अगाडि हुन्छन् । यस्तोमा बुवाआमालाई भने यस्तो बानीले बच्चाको आँखा नै बिग्रिने हो कि भन्ने चिन्ता हुन्छ । तर बच्चा आफैँले ‘मैले कम देख्न…