काठमाडौं ।आजदेखि देशभर रंगहरूको पर्व होली विधिवत रुपमा सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ बजेर २६ मिनेटमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो । चन्द्रमास अन्तर्गत फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यस वर्ष पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।…