४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

साढे तीन लाख नगदसहित दाङबाट ५ जना जुवाडे पक्राउ

दाङ । दाङको घोराहीबाट प्रहरीले साढे ३ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराति घोराही १८ नवलपुरमा जुवा खेलिरहेका ५ जनालाई तीन लाख ५० हजार नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही गर्ने प्रहरीले तयारी गरेको छ ।