उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। नाइट्रोजेपाम १८ पिस तथा २५० ग्राम गाँजासहित १९ वर्षीय प्रगत राई, २१ वर्षीय निश्चल चौधरी र १४ वर्षीय राजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सुचनाको आधारमा त्रियुगा नगरपालिका वडा नम्बर ११ इमाटोल स्थित स्थानीय लोकबहादुर राईको घरमा गएर उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको…