३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

विर्तामोड नगरपालिका–७ का वडाध्यक्षको निधन



झापा ।
झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ। दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो। उनको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  १२ : ३१ बजे